काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका थिए । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन ।
सहमति जुट्न नसकेपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बैठक भोलिका लागि स्थगित गरेका छन् । उनले बैठक बुधबारसम्मका लागि स्थगित गरेका हुन् ।