काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् । पार्टी सभापति गगनकुमार थापाले उनलाई पार्टीको विधान अनुसार आज नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।
अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको छ ।