सरकारले काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखसहित ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एसएसपी सरुवाको निर्णय गरेका हुन् । काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी दिलिप घिमिरेलाई दिइएको छ । ललितपुरको प्रहरी प्रमुखमा तुलबहादुर कार्की सरुवा भएका छन् ।