काठमाडौं । विपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा दिएको एक अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसदमै आएर प्रष्टीकरण दिन भनेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको बैठक बसेको थियो । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएपछि हिजै संसदमा कांग्रेस र नेकपाले उक्त अभिव्यक्ति पुष्टि गर्न र नसके रेकर्डबाट हटाउनुपर्ने माग राखेका थिए।