काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले गणतन्त्र दिवसको आयोजना हुने समारोहलाई सम्बोधन नगर्ने भएका छन् । समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई पत्राचार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई गणतन्त्र दिवसको समारोहमा सम्बोधनका लागि अनुरोध गरेका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारले राष्ट्रपतिको कार्यालयमा पत्राचार गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ । सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए ।
यस पटकको गणतन्त्र दिवस समारोहमा भने प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि अनुरोध गरिएको हो । गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगरे पनि प्रधानमन्त्री शाह सहभागी हुने बताइएकाे छ ।