काठमाडौँ । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच् ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ ‘ओपो ए६सी’ नेपाली बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार दैनिक प्रयोगमा लामो समयसम्म सहज र भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको ओपो ए६सीमा ७००० एमएएच् क्षमताकोे ब्याट्री प्रयोग गरिएको छ । ६ वर्षसम्म ब्याटी« टिकाइ राख्ने क्षमता रहेको छ । लामो समय गेम खेल्न, भिडियो हेर्न, इन्टरनेट ब्राउज गर्न तथा अन्य दैनिक कार्य गर्न यो फोन उपयुक्त हुने बताइएको छ । साथै, यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ ।
डिजाइनतर्फ ओपो ए६सीलाई फ्ल्यागशिप स्मार्टफोनबाट प्रेरित प्रिमियम लुक दिइएको छ । यो स्मार्टफोन ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ दुई आकर्षक रंगमा उपलब्ध हुनेछ । फोनमा रहेको १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्लेले स्मूथ स्क्रोलिङ, जीवन्त रङ तथा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
फोटोग्राफीलाई अझ सहज र स्मार्ट बनाउन फोनमा एआई इरेजर र एआई क्लियर फेस जस्ता आधुनिक एआई फिचर समावेश गरिएको छ । यी सुविधामार्फत प्रयोगकर्ताले तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारको स्पष्टता सुधार गर्न सक्नेछन् ।
टिकाउपनालाई प्राथमिकता दिँदै ओपो ए६सीमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा दिइएको छ, जसले सामान्य पानीका छिटा र धुलोबाट फोनलाई सुरक्षित राख्छ । साथै, ४८ महिनासम्म फोनको कार्यसम्पादन स्थिर राख्न फ्लुएन्सी प्रोटेक्सन सुविधा पनि उपलब्ध छ ।
ग्राहकलाई थप भरोसा गराउन ओपोले ओपो ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी समेत उपलब्ध गराएको छ यो अफर जेठ १ देखि असार १ २०८३ सम्म पहिलो एक महिनासम्म ए६सी खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । योजनाअन्तर्गत योग्य ग्राहकहरूले १ महिनासम्म इन्स्ट्यान्ट रिप्लेसमेन्ट सुविधा प्राप्त गर्नेछन् भने यो सेवाको अवधि असार ३१ २०८३ सम्म कायम रहने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, तोकिएको अवधिभित्र देखिएका योग्य हार्डवेयरसम्बन्धी समस्यामा मात्र यो सुविधा लागू हुनेछ । सामान्य मर्मत सेवाको सट्टा योग्य ग्राहकलाई सिधै नयाँ रिप्लेसमेन्ट डिभाइस उपलब्ध गराइनेछ ।
ओपोले उक्त अफर कम्पनीका नियम तथा सर्तहरू लागू हुने जनाएको छ । ओपो ए६सीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा २० हजार ९९९ रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
‘ओपो ए६’ (८ जीबी + १२८ जीबी)
यसैबीच, ओपो नेपाल ले ओपो ए६ सिरिजअन्तर्गत ‘ओपो ए६’ (८ जीबी + १२८ जीबी) भेरियन्ट पनि नेपाली बजारमा ल्याएको छ । ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ तोकिएको छ । धेरै स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
शक्तिशाली ब्याट्री, एआई प्रविधि, आकर्षक डिजाइन, स्मूथ डिस्प्ले तथा भरपर्दो टिकाउपनाको संयोजन सहित ओपो ए६ सिरिजले नेपालमा बजेट तथा मिड–रेन्ज स्मार्टफोन अनुभवलाई नयाँ स्तरमा पु¥याउने अपेक्षा गरिएको छ ।