भक्तपुर । चाँगुनारायण नगरपालिका आफैंमा भक्तपुर जिल्लाको कान्छो नगरपालिका हो। भौगोलिक बिकटता भएको नगरपालिका जिल्लाको ५२ प्रतिशत भूभाग ओगटेको छ। भूगोलको हिसाबले सबै भन्दा ठूलो नगरपालिका चाँगुनारायणमा २०७४ को स्थानीय निकायको चुनाबमा सोम मिश्रले नगर प्रमुख जितेपछि नयाँ नगरपालिकालाई कसरी अघि बढाउने रनभुल्लमा पर्दा पर्दै नगरपालिका सञ्चालनका लागि नीति निर्माण ,सडक निर्माणका लागि एकीकृत योजना, नगरपालिकाको भबन निर्माण, र कोरोनाको महामारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुरयाए। उनको कार्यकालमा २ बर्ष काम गर्दा बिकास निर्माणको गति लिन थाले पछि कोरोना महामारीले २ बर्ष नगरबासिको स्वास्थ्यको ख्याल गर्दै बित्यो,अन्तिम बर्ष आर्थिक मन्दिले काम त्यति हुन सकेन।उनको कार्यकाल कोरोना र आर्थिक मन्दिले गर्दा काम भएपनि देखिने गरी हुन सकेन। यति भूमिका बाँधि सकेपछि स्थानीय निकायको चुनाबमा चाँगुनारायण नगरपालिकामा दोस्रो कार्यकालका लागि नगर प्रमुख जित्ने जीवन खत्रीको ५ बर्षे कार्यकालमा चौंथो बर्ष समाप्ति सम्म के के काम भए त्यो राख्न खोजिएको छ ।
सडकः– बिकासको पूर्बाधार नै सडक हो। सडक बिना बिकासको परिकल्पना पनि गर्न सकिँदैन। सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कार्यमा नगरप्रमुख निकै लागि परेका छन्। २०७१ साल देखि कमलबिनायक नगरकोट सडक स्तरोन्नतिमा ठेकेदारले ढिलाई गर्दा १० बर्षसम्म नबनेको सडक ठेकेदारसँग ठेक्का तोडेर खरिपाटी ब्यारेक देखि नगरकोटसम्म नगरपालिकाको आफ्नै खर्चमा कालो पत्रे भएको छ। १० बर्षसम्म कमलबिनायक नगरकोट सडक स्तरोन्नतिका नाममा स्थानीयले निकै सास्ति खेप्नु परेको थियो भने बिरोधमा उत्रिएका थिए। चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्षहरूले बिरोध स्वरुप सडकमै वडाको कामकारबाहि गरेका थिए। सल्लाघारी खड्का डिल सडक १४ मिटरको स्तरोन्नतिसँगै कालो पत्रे सम्पन्न भईसकेको छ। खड्काडिल, वीर अस्पताल, नेपाल ईञ्जिनियरिङ्ग कलेज हुँदै मुलपानी मनोहरा खोला पुल सम्म स्तरोन्नति र कालोपत्रे भईसकेको छ। ढलानको काम केही बाँकी हुनाले सम्पन्न हुने तयारीमा छ। निलबाराही वीर अस्पताल पहुँचमार्ग पनि सम्पन्न भईसकेको छ। फैटोका रोक्कागाउँ सडक,रोक्कागाउँ समथली सरस्वतिखेल बसपार्क सडक सम्पन्न भईसकेको छ। भक्तपुर बाहिरि चक्रपथ सम्पन्न हुने तरखरमा छ। डेकोचा,चाँगु,साँखु सडक स्तरोन्नति भएर कालोपत्रे भईसकेको छ। खरिपाटी ब्यारेक देखि ५ नम्बर वडा कार्यालयसम्म स्तरोन्नति र कालोपत्रे अन्तिम चरणमा पुगेको छ। सबै वडाको मुख्य सडकहरू स्तरोन्ति र कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। भित्रि सडकहरू ग्राभेल गर्ने र कालोपत्रे गर्ने कार्यको सुरुवात भईसकेको छ। टोलका भित्रि बाटोहरूमा ढलान् र ढुङ्गा छाप्ने काम भएको छ। भक्तपुर र काठमाण्डौ जिल्ला जोड्ने वडानम्बर १ दुवाकोट र मूलपानी ७ को सिमाना मनोहरा खोलामा बन्नलागेको पुल अन्तिम चरणमा पुगेको छ। दुवाकोट मोड देखि नगरपालिका भबन पुग्ने खस्याङ्खुसुङ् खोला कोरिडोर निर्माण सुरु हुँदैछ। नक्सामा भएका चलनचल्तीका बाटोहरूलाई फराकिलो बनाउने काम भईरहेको छ। स्वीकृति पाएका प्लटिङहरूमा सडक मापदण्ड अनुसार राख्न अनिबार्य गरेको छ। नगरपालिकाले बिनियोजन गर्ने बजेट एकीकृत योजना लागू गरेको छ। ६०÷४० र ५०÷५० को योजना पनि लागू गरेको छ। जसले उपभोक्ता र नगरपालिका बीच सुमधुर सम्बन्ध रहेर सडकको स्तरोन्नति गर्न सफल भएको छ।४ बर्षमा सडक स्तरोन्नतिमा फड्को मारेको छ ।
स्वास्थ्यः– नगरप्रमुखको कार्यभार समालेपछि जीवन खत्रीले नगरबासिलाई निः शुल्क स्वास्थ्योपचार दिनुपर्छ भनेर नेपाल रेडक्रस सोसाईटीसँग समन्वय गरेर नगरबासिलाई निःशूल्क रगत उपलब्ध गराए। निःशूल्क रगत उपलब्ध गराउने देशभरकै नगरपालिका मध्य पहिलो नगरपालिका हो। त्यस्तै नगरबासिलाई निःशूल्क अक्सिजन उपलब्ध गराएको छ। निःशुल्क अक्सिजन उपलब्ध गराउने देरभरकै नगरपालिका मध्य चाँगुनारायण पहिलो हो। आधा आधा पैसा तिरेर बिमा गर्नू पर्ने अबस्थाबाट पार लगाउँदै नगरपालिकाले निःशूल्क स्वास्थ्य बिमा गरिदिने ब्यबस्था गरेको छ। गरिबलाई निःशूल्क र धनीलाई पैसा तिरेर स्वास्थ्योपचार सेवा चाँगुनारायण नगर अस्पतालबाट लिन सकिने ब्यबस्था गरेको छ। जनतालाई रोग नलागोस भनेर जनचेतना फैलाउन वडा पिच्छे नै सरसफाई कार्यक्रम गर्दै आईरहेको छ। वडा नम्बर २ ले १५७ हप्ता सम्म सरसफाई कार्यक्रम निरन्तरता दिदैं आईरहेको छ। दीर्घ कडा रोग लागेको छ भने नगरपालिकाले आर्थिक सहयोग गर्दै आईरहेको छ भने सम्बन्धित ठाउँको लागि पनि सिफारिस गरिदिने गरेको छ। केन्द्रीय अस्पताल वीर अस्पताल र मानव अंग अस्पतालले जग्गा पाए पनि भबन नबनेकोमा सम्बन्धित निकायमा तारन्तार धाईरहेका छन्। वीर अस्पताल कि चाँडो बन्नु परयो कि जग्गा नगरपालिकालाई फिर्ता गर्नु परयो भन्ने गरेका छन्। नीजि अस्पताल काठमाण्डौ मेडिकल कलेज सञ्चालनमा आएपछि नगरपालिका र अस्पताल बीच २५% सम्म छुटको ब्यबस्था गराएका छन्। नगरबासिलाई १०० जनासम्मलाई शल्यक्रियामा शतप्रतिस छुटको ब्यबस्था अस्पतालले गरिदिएको छ।
खानेपानीः– खानेपानीको दीर्घकालिन समस्या समाधान गर्न मेलम्ची आयोजनासँग सम्झौता गरेको छ। हाललाई २ नम्बर वडामा पानी बितरण गरिसकेको छ। माहादेब खोला गडगडे आयोजना राष्ट्रीय गौरबको आयोजनामा पार्न सफल भएको छ। ओभरहेड पानी ट्याङ्कीबाट पानी बितरण गर्न डीपबोरिङ्ग खन्न बजेटको ब्यबस्था नगरपालिकाले गरिदिएको छ। खानेपानीका श्रोतहरूको प्रयोग गर्न जोड दिएका छन्।
कृषिः– कृषिलाई आधुनिकीकरण गर्न ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको छ। अनुदानमा बिउबिजन उपलब्ध गराएको छ। पशु बिमाको ब्यबस्था गरेको छ। टनेल खेतिका लागि प्लास्टिक अनुदानमा उपलब्ध गराएको छ। शहकारिको माध्यमबाट मल उपलब्ध गराउँदै आएको छ। मासुपसल ब्यबस्थित गर्न सरल ब्याजमा ऋण उपलब्ध गराएको छ।
बिपद् ब्यबस्थापनः– चाँगुनारायण नगरपालिका आफैंमा बिकट धरातल भएको नगरपालिका हो। बिपदका दृष्टीले हेर्ने हो भने चाँगुनारायण नगरपालिका निकै जोखिम युक्त छ। बर्षामा जोखिम कम गरी धनजनको क्षेति हुन नदिन नगरपालिकाले बिपद ब्यबस्थापन ईकाइ नै गठन गरी काम गर्दै आईरहेको छ। आबस्यक सामाग्रीको उपलब्धता,प्रचारप्रसारमा तिब्रता,ब्यबसायीलाई आ आफ्नो मेसिनरी सामानहरू लिएर निस्कन आग्रह गरेबाट पनि धनजनको क्षेति हुनबाट रोक्न सकेको छ। खोलामा बाढी आएर बस्ति तिर क्षेति हुने सम्भाबना देखिए अथायी तटबन्ध निर्माण गरी बाढीको ब्यबस्थापन गर्ने गरेको छ। पहिरो गएमा तत्काल अस्थायी रोकथामका लागि त्रिपाल र प्लास्टिकको ब्यबस्था मिलाएको छ।
राजश्व संकलनः – नगरपालिकाले आफ्नो आम्दानीका लागि राजश्व संकलनलाई कडाईका साथ अघि बढेको छ। दर्ता नभएका पसल तथा ब्यापारिक केन्द्रहरूलाई करको दायरामा ल्याएको छ। घर बहाल कर उठाउने ब्यबस्था गरेको छ। बिना स्वीकृति प्लटिङ्हरूबाट जरीबाना तिराउने गरेको छ। अबैध माटो तथा बालुवाका गाडि ओसारपसार गर्दा गाडि समाएर जरिवानी तिराउने गरेको छ। गाबिस हुँदा बनेका पक्की घरहरूलाई नियमित गरी कर उठाउँदै आएको छ। चाँगुनारायण मन्दिर घुम्न आउने बिदेशी पर्यटक बाट कर उठाउने गरेको छ। विभिन्न शीर्षकमा कर उठाउँदै,करको दायरा बढाउँदै नगरपालिकाले आम्दिनी गर्न थालेको छ । नगरपालिकाले अनुमान भन्दा ११० प्रतिशत सम्म राजश्व संकलन गर्न सफल भएको छ।
पर्यटनः– पर्यटनको बिकास गर्न सके नगरपालिकाको र देशको बिकास गर्न सकिन्छ। नगरपालिकाले पर्यटन बिकासका लागि विश्व सम्पदा सुचिमा सुचिकृत चाँगुनारायण मन्दिरको नाम बाट नगरपालिकाको नाम रहेकाले पनि धार्मिक पर्यटनको बिकासमा जोड दिएको छ। विभिन्न मठमन्दिर निर्माण, जात्रा,पर्व र संस्कृतिको बिकास जोड दिएको छ। सूर्योदय र सूर्यास्त हेर्न आउने पर्यटकका लागि होटलको ब्यबस्था गरेको छ। पर्यटन भ्रमण बर्षको आयोजना गरेको छ। लामो समय देखि ठेकेदारले कमलबिनायक नगरकोट सडक नबनेर अलपत्र हुँदा नगरकोटमा पर्यटक जान छाडिकेका थिए। तर ठेकेदारसँग सरकारले ठेक्का तोडेपछि नगरपालिका आफैंले खर्च गरेर सडक कालोपत्रे गरेपछि नगरकोटमा पर्यटकहरू बढ्न थालेका छन्। होम स्टेलाई प्राथमिकता दिईएको छ।
शिक्षाः– सामुदायिक र नीजि भनेर बिद्यालयलाई भेदभाब गरिएको छैन।दुबै थरी बिद्यालयमा शिक्षामा गुणस्तर र छात्रबृत्तीको ब्यबस्था गरिएको छ। राष्ट्रपति रनिङ्ग शिल्डका माध्यमबाट दुबै थरी बिद्यालयलाई समान अबसर दिईएको छ।
नगरपालिकाले अपाङ्ग मैत्री विशेष बिद्यालयलाई सञ्चालन स्कृति दिएको छ। गुणस्तरिय शिक्षाका लागि बिद्यालय ब्यबस्थापन समिति र शिक्षकहरूलाई सामुदायिकमा जिम्मेबार हुन आग्रह गरिएको छ। जसको फल स्वरुप सामुदायिक बिद्यालयले ४ जिपीय ल्याउन सफल भएको थियो।
रोजगारीः– नगरबासि आयमुलक काममा दक्षता हाँसिल गरी कमाउन सक्ने बनाउन नगरपालिकाले शीपमुलक तालिमको ब्यबस्था गरेको छ। कफी बनाउने,साबुन बनाउने,हस्तकलाका सामान बनाउने,अचारबनाउने,ब्युटिसियन तालिम,ड्राईभिङ्ग तालिम पाउरोटी बनाउने तालिम आदिको ब्यबस्था ब्यबस्था गरिएको छ। तालिमबाट ब्यबसायमा लाग्नेहरूको बजार प्रबद्र्धन गर्ने काम समेत नगरपालिका गरिदिने गरेको छ ।
खेलकुदःनगरपालिकाले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता पनि गर्दै आईरहेको छ। बिद्यालयहरूमा निःशूल्क खेलकुद तालिमको ब्यबस्था गरेको छ। तालिमबाट धेरै खेलाडिहरूले कलाकौशल देखाउने मौका पाएका छन्। जिल्ला स्तरीय प्रतियोगिता होस या प्रदेश स्तरीय खेलकुद प्रतियोगीतामा भाग लिएर पदकहरू पाएर नगरपालिकालाई चिनाउने काम गरेका छन्। त्यस्तै अन्तर्राष्ट्रीय प्रतियोगितामा सहभागी भई ४ स्वर्ण पदक ल्याएर देश तथा नगरपालिकाको नाम राख्न सफल भएका छन् । बर्षमा निकै कामहरू भएका छन्। बालुवा र माटोको बिषयमा सामान्य बिबाद बाहेक सबै काम राम्रो भएका छन्। यति धेरै काम सबै भन्दा पुरानो नगरपालिकामा पनि हुन सकेको छैन। टनेल खेतिमा अत्यधिक बिषाधि प्रयोग गर्ने कृषि ब्यबसायीलाई कारबाही गर्ने र जैबिक बिषाधी प्रयोगमा जोड दिन आग्रह गरिएको छ ।
उत्कृष्ट कृषकलाई पुरस्कारको ब्यबस्था गरिएको छ। उद्यम गर्न सरल ब्याजदरमा ऋणको पनि ब्यबस्था गरेको छ। ईट्टा भट्टालाई बस्ति नजिकबाट ब्यबस्थापन गर्न केन्द्र र प्रदेशको सहयोग नभएकोले नसकिएको जानकारी दिँदै भट्टाको लागि कच्चा पदार्थ माटोको ओसारपसारमा रोक लगाउन नगरपालिका बाध्य हुने नगर प्रमुख खत्री बताउँछन्। उनले अन्य नगरपालिकाको भन्दा धेरै र उत्कृष्ट काम हुँदा समेत केही भएको छैन भन्ने भाष्य खडा गरेर सामाजिक सञ्जालको दुरुपयोग भईरहेकोले त्यसो नगर्न र नगरपलिकासँग हातेमालो गरेर नगर बिकासमा लाग्न आग्रह गरेका छन् ।