काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्धमुद्दा दायर गरेको हो । अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता भएको छ ।
अख्तियारले सोही मुद्दामा पूर्व सचिवहरु शंकर अधिकारी,केबल भण्डारी,सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दावी गरेको छ । पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित ४ पूर्व सचिवहरुबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरिएको छ ।