काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले भूगोलको सात र गैर भूगोलको दुई गरी ९ प्रदेशको इन्चार्ज टुंग्याएको छ ।
सोमबारको कार्यविभाजनमा भूगोलको सात इन्चार्जमा एकता अघीको पूर्व माओवादी भन्दा पूर्व एकीकृत समाजवादी पार्टी (एस)का नेताले बढी जिम्मेवारी पाएको देखिएको छ ।
यी हुन् नेपाली कम्युनिस्ट पार्टीका ९ प्रदेशका इन्चार्ज
कोशी प्रदेश : राजेन्द्र राई
मधेस प्रदेश : महिन्द्र राय यादव
बागमती प्रदेश : डा. गङ्गालाल तुलाधर
गण्डकी प्रदेश : श्रीनाथ बराल
लुम्बिनी प्रदेश : चक्रपाणि खनाल
कर्णाली प्रदेश: चन्द्र बहादुर शाही
सुदूरपश्चिम प्रदेश : डा. भीम रावल
उपत्यका विशेष प्रदेश : हितमान शाक्य
सम्पर्क प्रदेश : याशोदा सुवेदी
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।