काठमाडौँ । नेपाली मौलिक कला, संस्कृति र परम्परालाई समेटिएको नयाँ कौराह गीत ‘कालिगंगा’ को भिडियो सार्वजनिक गरिएको छ । अग्रज पत्रकार सानु श्रेष्ठको प्रमुख आतिथ्यता, गीतकार माधव भण्डारी अतिथि रहेको भिडियो सार्वजनिक कार्यक्रममा अन्य गीतसंगीतका बिशिष्ठ व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।
गीतमा नेपाली माटोको सुगन्ध, स्थानीय जीवनशैली तथा सांस्कृतिक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गरिएको सर्जकहरूको भनाई छ । गीतका शब्द तथा संगीत बिजेन्द्र नौबागेले तयार पारेका हुन् भने स्वर रुपक डोटेल र बिमला सुनारले दिएका छन् ।
बिजेन्द्र नौबागे, अश्मिता रणपाल, राजकुमार नौबागे, विनोद कार्की, पदम क्षेत्री, माइली सुनार लगायत बाल कलाकार शोहन सुनार र शलोन सुनारको अभिनय रहेको भिडियोका छायांकार केशव अधिकारी, निर्देशक दिपेश केसी हुन् ।
कार्यक्रममा भिडियोमा आबध्द कलाकार तथा प्राविधिकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । भिडियो गायिका विमला सुनारको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।