काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्रीसमेत रहेका नेपाल सरकारका प्रवक्ता सस्मित पाेखरेलले थापाथलीस्थित सुकुम्बासी पूर्ण रूपमा खाली भएको औपचारिक जानकारी दिएका छन् । सचिवालयमार्फत उनले सूचना सम्प्रेषण गरेका छन्, ‘थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ ।'
साथै, उनले त्यहाँका सुकुम्वासीहरूको बासस्थानबारे पनि जानकारी दिएका छन् । ‘यहाँबाट आफू घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ । बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारीसाधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।’