समयका पलपलहरुमा
फुलबारीको सुन्दरताको सौन्दर्यभित्र
सन्तानहरुलाई जन्माउँछिन् आमा ।
आफ्नो भर्भराउँदोपनभित्र
आफू रित्तिएर
आफू सिद्धिएर भएपनि
सन्तानको आँत रसिलो पार्दै
धरतीलाई हराभरा बनाउँछिन् आमा ।
आमाको स्तुतिमा जति लेखेपनि
जति देखेपनि
नदेखेपनि
चन्द्रसूर्यझैँ
महान् र चम्किली छिन् आमा,
बन्दनीय छिन् आमा ।
— श्यामकृष्ण लम्साल, दिङ्ला, भोजपुर