काठमाडौँ । गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट पराजित भूपदेव शाहलाई रास्वपाले महामन्त्री बनाएकाे छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको हाे । उनी बालेन काेटाबाट महामन्त्री बनेका हुन् ।
काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् ।