काठमाडौँ । नेपाल हस्तकला महासंघ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेड बीच हस्तकला उद्योग व्यवसायको क्षेत्रमा प्रवद्र्धनमुखि कार्यहरूमा इन्सुरेन्स कम्पनीसँग जोडिएर आपसी सहयोग र सहकार्य गर्ने समझदारी भएको छ । महासंघका वर्षभरि हुने कार्यक्रमहरूमा इन्सुरेन्स कम्पनीलाई साझेदारीको रुपमा प्रवद्र्धन गरिने छ ।
सो समझदारी सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा इन्सुरेन्स कम्पनीले महासंघका कार्यक्रमहरुमा आर्थिक रुपमा योगदान पुर्याउने छ । उक्त समझदारी पत्रमा महासंघको तर्फबाट महानिर्देशक उत्तम प्रसाद देवकोटा र इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।