भक्तपुर । चाँगुनारायण नगरपालिकाले वडा नं. ३ मा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन कार्य सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार यसअघि प्रकाशित सूचनाअनुसारको कार्यतालिका परिमार्जन गर्दै उक्त कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो ।
सूचनाअनुसार पुुस २८ गतेदेखि माघ २ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म वडा नं. ३ को वडा कार्यालय, झौखेलमा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन कार्य हुने जनाइएको छ । नगरपालिकाले यस कार्यका लागि सम्बन्धित नागरिकलाई तोकिएको समय र स्थानमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।
साथै, अन्य वडाबाट सञ्चालन हुने राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन सम्बन्धी कार्यका लागि छुट्टै सूचना प्रकाशित गरिने र वडा कार्यालयमा लिन बाँकी रहेका परिचयपत्रहरू नगरपालिकाको कार्यालयमा फिर्ता गरिने जानकारी पनि सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले राष्ट्रिय परिचयपत्रलाई नागरिकको पहिचान, सेवा प्रवाह र डिजिटल अभिलेख व्यवस्थापनका लागि महत्वपूर्ण आधार मानेको भन्दै सबै नागरिकलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ ।