काठमाडौँ । नेपाल प्रहरीका १० जना जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी १० डिआइजीहरुको सरूवा गरेको हो ।
जसअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डिआइजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग सरूवा गरिएको छ । त्यहाँ कार्यरत डिआइजी रामदत्त जोशीको बढुवा भएकाले रिक्त स्थानमा डिआइजी सिंहलाई सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत डिआइजी कुबेर कडायतलाई प्रहरी प्रधान कार्यालयको आइजिपीको सचिवालयमा सरूवा गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मा कार्यरत डिआइजी रविन्द्र केसीलाई पनि प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय सरूवा गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी चन्द्रकुवेर खापुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सरूवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डिआइजी जनक भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ ।
त्यस्तै साइबर ब्युरोमा कार्यरत डिआइजी लालमणी आचार्यलाई मधेश प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ । कर्णाली प्रदेश कार्यालयमा कार्यरत डिआइजी अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यलयको अपराधन अनुसन्धान निर्देशनालय सरूवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डिआइजी कुबेर कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यायलयको विशेष ब्युरोमा कार्यरत डिआइजी मनोज केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी राजन अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ ।

