काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको टुंगो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत भएकाले उसले तय गरेका सभापतिका उम्मेदवारहरू सबै निर्वाचित हुने निश्चित जस्तै छ ।
पार्टीको संसदीय दलको बिहीबार बसेको बैठकले १० वटा संसदीय समितिमध्ये ९ वटाको सभापतिमा आफ्नै सांसदहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रतिपक्षी दललाई दिने योजना बनाएको छ ।
बैठकले निर्धारण गरेको समिति र सभापतिको उम्मेदवारको सूची
कानून, न्याय तथा मानवअधिकार समिति: समीक्षा बास्कोटा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : अशोक चौधरी
पूर्वाधार विकास समिति : आशीष गजुरेल
महिला तथा सामाजिक मामिला समिति : आकृति अवस्थी
राज्य व्यवस्था तथा सुशासन समिति : हरि ढकाल
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति : डा. ओजस्वी शेरचन
संसदीय सुनुवाइ समिति : बोधनारायण श्रेष्ठ (संयुक्त)
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति : गणेश कार्की (संयुक्त)
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : सुम्निमा उदास
अर्थ समिति : कृष्णहरि बुढाथोकी
उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : रहबर अन्सारी