काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरेको छ । पार्टीका महामन्त्रीसमेत रहेका बुर्लाकोटीलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।
पार्टीले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएको जनाएको छ । सामान्यतया एक जना मात्र सचेतक रहने अभ्यास भए पनि रास्वपाले दुई जनालाई उक्त जिम्मेवारी दिएको छ ।