काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले शान्ति सुरक्षाको सवालमा उच्च प्रशासक तथा सरोकारवालासँग अन्तरसंवाद गरेको छ । आइतबार बुुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्क्षतामा नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको प्रमुख आतिथ्यमा उच्च व्यक्तिहरु बीचको संवाद गरिएको हो । बुुढानिलकण्ठ नगरपालिकामा भएको कार्यक्रममा नगरपालिकाभित्र रहेका सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरु, कार्यपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु लागयतका सरोकारवालहरुको उपस्थिति रहेको बुुढानिलकण्ठ नगरपालिकाले जनाएको छ । सो अवसरमा बुुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सहभािग सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्य र उद्धेश्यमाथि स्पष्ट पारे । 
कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षा जोखिम, सुरक्षा प्रवद्र्धन, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त भूमिका, ऐतिहासिक र समसमायिक विषयको अध्ययन, सुशासन, भ्रष्टाचार न्यूनीकरण तथा आगामी दिनमा नगरपालिकाले अवलम्बन गर्नुपर्ने उपायहरुको विषयमा सरोकारवालाहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख अनिता लामाले आफ्नो स्थानमा शान्तिपूर्ण रुपमा बस्ने वातावरण निर्माण गर्न टोलबासीले नै सहयोग गर्नुपर्ने भन्दै शान्ति सुरक्षा कायम गर्न सबै सरोकारवालाले सहयोग गर्नुपर्ने स्पष्ट पारे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायको भूमिका अपरिहार्य रहेको बताए । उनले भने, “नगरपालिकाले नगरस्तरबाट एउटा संरचना बनाई वडा तथा बस्तीस्तरमा सुरक्षा सम्बन्धी सचेतना फैलाउनुपर्छ ।”
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले काठमाडौँको शान्ति सुुरक्षा लगायत समग्र अवस्था क्रमिकरुपमा सामान्य अवस्थामा फर्कदै गएको बताए । “सिसिटिभिको नेटवर्किङ, नेपाल प्रहरी तथा नगर प्रहरी मिलेर नगरपालिकाको सुरक्षा गर्न सकिन्छ त्यसलका लागि जिल्ला प्रशासन कार्यालय समन्वय र सयहोग गर्न तयार छ ।”
कार्यक्रमको समापन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले आफूहरु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएदेखीनै नगरपालिकामा सुशासन कायम गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे । 
स्थानीय सरकारले गरेका कार्यहरु वडामार्फत पनि जनस्तरमा पुग्नुपर्ने, जनतासँग प्रहरी साझेदारी कार्यक्रमको निरन्तरता हुनुपर्ने, जनताको अहिलेको नजिकको साथी सिसिटिभि र सडक वत्ती भएको हुँदा यसमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी गरिरहेको विषयमा जानकारी दिए ।
नगरको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने समेत नगर प्रमुख अधिकारीले जोड दिए । बुुढानिलकण्ठ नगरपालिकाले यस अगाडि पनि विभिन्न विषयमा चरणबद्धरुपमा छलपल गर्दै आएको थियो ।