कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रमिकरुपमा फड्को मार्दै गएको काठमाडौँ जिल्लाको ११ वटा स्थानीय सरकार मध्ये एक हो शङ्खरापुर नगरपालिका । भौगोलिक रुपमा केही स्थान मात्र सहरी क्षेत्र भए पनि अधिकांश भूूभाग ग्रामीण क्षेत्रले ओगटेको यस नगरपालिकाले एक वडा एक उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको छ । यसै सन्दर्भमा एक वडा एक उत्पादन कार्यक्रमको प्रभावकारिता र आगामी योजनाका बारेमा शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितसँग हाम्रा संंवाददाताले गर्नुभएको कुराकानीको सार संक्षेप ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै शङ्खरापुर नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमलाई कसरी अगाडि बढाएको छ ?
स्थानीय युवाहरुले विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशि भूमिकामा उपयोग गर्ने योजनाका साथ नगरपालिकाले विदेशमा गएर फर्केका व्यक्तिलाई समेत लक्षित गरी नगरपालिकाको वार्षिक नीति, योजना र कार्यक्रममा समावेश गरी एक वडा एक उत्पादन कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । अहिले एक वडा एक उत्पादन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
शङ्खरापुर नगरपालिकाको वडा नं. १ मा दूूध, कोदो र उखुु उत्पादन जोनको रुपमा विकास गरिएको छ । उखुुबाट सख्खर बनाउने गरिएको छ । त्यस्तै स्थानीय किसानले व्यावसायिक गााई पालन गरी दूूध उत्पादन गर्दै आएका छन् । यस कार्यक्रमबाट वार्षिक रुपमा प्रति परिवारले नै दशदेखि बाह्र लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । वडा नंं १ मा तीन सयदेखि चार सय रोपनी जमिनमा उखुु खेती हुँदै आएको छ । उखुु खेतीका लागि नगरपालिकाले आवश्यक बीउ र मल अनुदान दिने गरिएको छ । बागमती प्रदेश सरकारले दिएको अनुदानमा नगरपालिकाले थप गरेर अनुदान प्रदान गरिएको छ । यस क्षेत्रमा सहकारी मार्फत दूूध सङ्कलन हुँदै आएको छ । २ नं. वडामा कागती र टिमुुर उत्पादनमा प्रोत्सान गरिएको छ । यहाँका किसानले ८ देखि दश हजार बिरुवा टिमुुर र कागतीका बोट लगाएका छन् । कागती र टिमुुरका बिरुवा लगाएर सार्वजनिक जग्गा समेत संरक्षण गरिँदै आइएको छ ।
वडा नं. ३, ४ र ८ मा व्यावसायिक इस्कूूस खेती गरी एक वडा एक उत्पादन कार्यक्रमलाई थप प्रोत्सान गरिएको छ । इस्कुुस खेतीका लागि नगरपालिकाले विशेष गरी थाङ्ग्राको टेको अनुदान प्रदान गरेको छ । उक्त थाङ्ग्राले गर्दा किसानले अपेक्षकृत रुपमा इस्कुुस उत्पादन गर्दै आएका छन् । वडा नं. ५ मा च्याउ उत्पादन हुँदै आएको छ । च्याउ उत्पादनका लागि पनि स्थानीय किसानले अनुदान दिइएको छ । त्यस्तै स्थानीय महिलालाई साबुुन बनाउने तालिम दिएको, सोही उक्त वडामा स्थानीयले मखमलको जुत्ता बनाउने कार्यलाई पनि व्यावसयिक रुपमा सञ्चालन गर्दै आएका छन् ।
त्यहाँका महिला उद्यमीलाई नगरपालिकाले आवश्यक सहयोग गरी व्यावसायतर्फ अग्रसर बनाउँदै गएका छ । स्थानीय नागरिक रोगारिको नाममा पलायन हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।
वडा नं. ६ र ७ मा धान, आलुु, मौसमी र बेमौसमी तरकारी खेती हुँदै आएको छ । गोलभेडा, काक्रो, फर्सी, लौका, घिरौला लगायतका तरकारी पनि यस वडामा व्यावसायिक रुपमा खेती गरिँदै आइएको छ । नगरपालिकाले भने हाते ट्याक्टर, पानी तान्ने मेसिन, औषधी राख्ने स्प्रे लगायतका सामान अनुदान दिइ किसानलाई व्यावसायप्रति थप प्रेरित गरेको छ । शङ्खरापुरको वडा नं. ८ मा इस्कूूस र कोदो व्यावसायिक रुपमा उत्पादन हुँदै आएको छ । वडा नं. ८ लाई कोदो उत्पादनको ब्राण्ड बनाउने उद्देश्य नगरपालिकाले बनाएको छ । पहिला कुुअन्न भनिने कोदो अहिले हरेक नेपालीको रोजाइको अन्न बन्दै गएकाले नगरपालिकाले वडा नंं ८ लाई कोदोको ब्राण्ड गर्ने तयारी गरेको हो । वडा नं. ९ मा बेमौसमी तरकारी खेतीलाई प्राथमिकता दिइएको छ । यहाँको माटो, हावा, पानी र पर्यावरणीय अवस्थाले पनि वडा नं. ९ लाई बेमौसमी तरकारी खेतीको रुपमा स्थापित गराएको छ । यसरी नगरपालिकाको प्रत्येक वडामा कुुनैन कुनै उत्पादन गरी एक वडा एक उत्पादनको ब्राण्डको रुपमा शङ्खरापुर नगरपालिका परिचित रहँदै आएको छ ।
एक वडा एक उत्पादनमार्फत किसान र उद्यमीले उत्पादन गरेका वस्तुको विक्री गर्ने व्यवस्था के छ ?
एक वडा एक उत्पादनमार्फत स्थानीय किसान र उद्यमीले उत्पादन गरेका तरकारी तथा अन्य वस्तुुहरु स्थानीय साँखुु बजारमा नै कतिपय खपत हुन्छ भने केही उत्पादन वस्तुुहरु लिन व्यापारिहरु किसानले उत्पादन गरेकै स्थानमा लिन जाने गरेका छन् । केही व्यापारिहरु भने जोरपाटी, बौद्धबाट किसानले उत्पादन गरेकै स्थानमा जाने गरेका छन् । कतिपय किसानहरुले भने उत्पादित वस्तुुहरु किसान आफैंले बजारसम्म पुु¥याउने गरिएको छन् ।
एक वडा एक उत्पादनलाई थप प्रभावकारी बनाउन आगामी दिनमा केके गर्नुुपर्ने छ ?
एक वडा एक उत्पादनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले वार्षिकरुपमा बजेट विनियोजन गरी स्थानीय किसानलाई उत्साहित गर्नुपर्नेछ । किसालाई मल, वीऊ , सिँचाइ र उत्पादित वस्तुुको सहज बजारको व्यवस्था गर्नुु चुुनौती छ । नगरपालिकाले सोही अनुसार काम गर्ने गरी हामी जनप्रतिनिधि र कर्मचारी क्रियाशील रहेका छौँ ।
नगरपालिका क्षेत्रमा क्रमिकरुपमा सहरी क्षेत्र विस्तार हुँदै गएको छ यसले गर्दा तरकारी उत्पादन हुने जग्गा नगरपालिकाले कसरी संरक्षण गर्दै आएको छ ?
कृषि योग्य जमिनमा घर नबनाइ यथास्थितिमा राख्नुु अहिलेको लागि चुनौती बन्दै गएका छ । नगरपालिकाले जग्गा वर्गिकरण गर्ने क्रममा भूूउपयोग नीति अनुसार जग्गालाई दशवटा वर्गमा वर्गिकरण गर्नुुपर्ने हुुन्छ । तर स्थानीय किसानले भने कृषियोग्य जमिन भनेर वर्गिकरण गर्न नै चाहेका छैनन् । कृषियोग्य जमिनमा वर्गिकरण गर्दा जग्गाको मूूल्य धेरै कम हुने भएकाले स्थानीय किासनले जग्गाको मूूल्य कम नहोस् भनेर जग्गालाई कृषिमा वर्गिकरण गर्न नचहेको हुुन् । जग्गाको वर्गिकरण गर्दा जग्गाको कित्ताकाँट गर्न र घर बनाउन समस्या हुने भएपछि किसानले जग्गालाई कृषिमा वर्गिकरण गर्न रुचाएका छैनन् । हामीले नाङ्गेभारे र पटाब क्षेत्रमा चाहि कृषि योग्य जमिन कायम राख्नका लागि स्थानीय सरोकारवालासँग छलफल गरेका छौं ।