काठमाडौं । समिर आचार्यको लोक दोहोरी गीत ‘काठैको मदानी’ सार्वजनिक भएको छ । आचार्य र मिरा गिरीको आवाजमा रहेको सो गीत समिर आचार्य नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भानुभक्त कटुवाल र भिमसेन खतिवडाको शब्द तथा लय रहेको सो गीतमा दिनेश श्रेष्ठको संगित रहेको छ ।
गीतको म्युजिक भिडियोमा लक्ष्मण विक्रम बस्नेत, जोन बम, गोविन्द विश्वास, निहारिका थापा, मनिस मगर र लिलाराज बानियाँको अभिनय रहेको छ । भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका हुन्, भने सिनेम्याटोगाफी सन्तोष तिमिल्सिनाले गरेका हुन् । भिडियो सम्पादन रोसन धितालले गरेका हुन् ।