काठमाडौँ । आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ । स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ ।
सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाली टोली तेस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा घरेलु टोलीमाथि १ विकेटको फराकिलो जित निकालेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी रहँदा १ विकेटले हराएको थियो ।
उता सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएको स्कटल्यान्ड नेपालसँग पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ ।
सिरिजको दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पाखा लगाएको थियो । जारी सिरिजमा स्कटल्यान्डले एक खेलमा जित र एक खेलमा हार भोगेको छ। स्कटल्यान्डले नेदरल्यान्डलाई भने ४४ रनले हराएको थियो । सिरिजमा नेदरल्यान्डसले जितको स्वाद लिन पाएको छैन ।
लिग–२ त्रिकोणात्मक सिरिजको १४ खेलमध्ये चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकसहित तालिकाको सातौँ स्थानमा छ । लिगको १८ खेलमध्य १० खेलमा जित, ६ खेलका हार र २ खेलमा अंक बाँडेको स्कटल्यान्ड २२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।