काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष तथा नेकपा एमाले काठमाडाैँ जिल्ला कमिटी सचिवालय सदस्य मकुन्दप्रसाद गजुरेलले नव-नियुक्त शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री रघुजी पन्तलाई स्थानीय सरकारको तर्फबाट सुझाव दिएका छन् ।
यस्ता छन् सझावहरू
१) शिक्षा ऐन जारी गरेर मात्र हुन्न बैज्ञानिक र आधुनिक समय सापेक्ष बनाउनु पर्छ।
२) शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा world bank adb लगायत सबै donner agency हरुको पहिचान तिनका कामको बिबरण कार्य प्रगतिको अध्यन बिश्लेषण र निर्मम समिक्षा र सुधारको जरुरी छ।
३) शिक्षालाई पढ़ाउने र सर्टिफिकेट जारी गर्ने मात्र हैन अध्यन, अनुसंधान,रोज़गार केन्द्रित गरी ऐनमै परिभाषित गरी नयाँ पाठ्यपुस्तक जनसक्ति उत्पादन गर्ने तर्फ केन्द्रित हुनु पर्छ।
४)शिक्षा र रोज़गार संग सम्बन्धित सबै मन्त्रालय हरुले गरेका र गर्नु पर्ने कामलाई पहिचान र एकिकृत गरी यस मन्त्रालय ले नेतृत्व लिनु पर्ने।
५) +२ सकेपछि कम्तिमा ६ महिना र bachelor सकेपछि १ बर्ष आ आफ्नो स्थायी ठेगानाको स्थानीय तहमा स्वयमसेबक काम गर्ने मा अनिबार्य ब्यबस्था गर्ने र bachelor पश्चात noc प्राप्त गर्न सक्ने ब्यबस्था मिलाउने।
६)मा बि मा छुट्टै उप सचिब सरहको प्र अ शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धा गरी ब्यबस्था गर्ने।
७) हरेक मन्त्रालयको लागी छुट्टै निति अध्यन बिश्लेषण , ऐन नियम सहितको समयानुकूल हुने गरी निर्माण डेस्कको जनशक्ति राखी छात्रबृत्ति मोडलमा (सेवा सुबिधा पारिवारिक जिबन निर्बाहको ग्यारेण्टी राज्यले लिने गरी ) काम अगाढी बढाउनु पर्छ।
८) सोध अनुसन्धानको हालको ब्यबस्था दयनिय छ रेडिमेट सोध जस्तै भएको अवस्थाको अन्त्य गरी निजलाई सोध अनुसन्धान गर्न समेत छात्रबृत्तिको ब्यबस्था गरी स्वोरोजगार बनाउने।