रुपन्देही । आजदेखि नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशन दाङको भालुवाङमा हुन लागेको छ । अधिवेशनको उद्घाटन शेरबहादुर देउवा आफैँले गर्नेछन् भने अन्य शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् ।
मंसिर ५ गते गण्डकी प्रदेशबाट देउवाले प्रदेश अधिवेशनहरु उद्घाटन गरेका थिए । देउवा पक्षबाट प्रदेश सभापतिको मुख्य दावेदार रहेका रोज राणाका अनुसार अधिवेशनमा देउवासँगै नेताहरू शंशाक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महत, मोहन बस्नेतलगायत नेताहरू आउन लागेको र केही आइसकेका छन् । प्रदेशभरका १२ जिल्लाबाट २ हजार २ सय भन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी हुने उनले जानकारी दिए ।