प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन् । भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि सहभागी हुनेछ ।