उज्यालो नेपाल पार्टी, रामेछापले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्रता दिँदै मन्थली नगरपालिका–६, भलुवाजोरमा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्थानीय नागरिकसँग अन्तरक्रिया गर्दै क्षेत्रका समस्या, विकासका आवश्यकता, जनअपेक्षा तथा स्थानीयवासीका सुझावहरू संकलन गरिएको थियो । साथै, पार्टीको नीति, विचार र उद्देश्यबारे जानकारी गराउँदै सुशासन, समृद्धि र सामाजिक न्यायको अवधारणालाई जनस्तरसम्म पुर्याउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामकृष्ण लामा, प्रदेश सदस्य ज्ञानबहादुर तामाङ, जिल्ला अध्यक्ष चिना लामा, नगर अध्यक्ष लोक घिसिङ, नगर उपाध्यक्ष गोपाल तामाङ, नगर युवा अध्यक्ष विक्रम लामा तथा युवा नेता सरोज गोलेलगायतको उपस्थिति रहेको थियो ।
स्थानीय नागरिकका समस्या र आवश्यकतालाई नजिकबाट बुझ्ने, जनताको सुझाव तथा सहभागितालाई संगठन निर्माणको आधार बनाउने र स्थानीय तहमा पार्टीको उपस्थिति थप सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।
पार्टीले नागरिकको आवाजलाई प्राथमिकतामा राख्दै पारदर्शिता, जवाफदेहिता, सुशासन र जनमुखी राजनीतिक संस्कारको प्रवर्द्धन गर्ने लक्ष्यसहित संगठन विस्तार तथा जनसंवाद अभियानलाई निरन्तरता दिने जनाएको छ ।