काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको केरौन १३२/३३ के.भी. सबस्टेशन आयोजनाले पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने जनाएको छ । सबस्टेशनका उपकरणहरू परीक्षण तथा सञ्चालनका लागि प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
प्राधिकरणका अनुसार दुहबी ग्रिड महाशाखा अन्तर्गतको दुहबी-दमक १३२ के.भी. प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बिचमा 'लुप-इन लुप-आउट' कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति कटौती गर्न लागिएको हो ।
विद्युत बन्द हुने समय र प्रभावित क्षेत्रहरू:
मिति: २०८३ कात्तिक १४ गते (शनिबार) र कात्तिक १५ गते (आइतबार)
समय: बिहान ४:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म
प्रभावित क्षेत्रहरू: झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरू तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रहरू ।
मौसमका कारण तालिका फेरबदल हुन सक्ने
अन्तर्ब चक्रवातको प्रभावका कारण कात्तिक १४ गते शनिबार काम सुरु हुन नसकेमा वा आंशिक रूपमा मात्र काम भएमा कात्तिक १५ गते आइतबार बिहान ४:०० बजेदेखि साँझ ४:०० बजेसम्म (१६:०० बजे) र कात्तिक १६ गते सोमबार बिहान ४:०० बजेदेखि १०:०० बजेसम्म समेत विद्युत आपूर्ति बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ । तोकिएको काम समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा अघि नै विद्युत सेवा सुचारु हुन सक्नेछ ।