काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँको टीका लगाउने दिशा र उत्तम साइतबारे जानकारी सार्वजनिक गरेको छ ।
समितिका अनुसार कात्तिक ४ गते, बुधबारका दिन रहेकाे यस वर्षको टीका ग्रहण गर्दा टीका लगाइमाग्ने व्यक्ति (टीका थाप्ने मानिस) पश्चिम दिशातर्फ फर्किनुपर्ने (पश्चिम मोहडा) शास्त्रीय नियम रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्नेछ ।
बिहान ८:४९ बजे देवी विसर्जनको साइत छ, भने विजया दशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे तोकिएको छ ।
