काठमाडौं । दसैँका समयमा अत्यावश्यक वस्तु तथा सामाग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई स्वीकार गर्दै नाका खोल्ने निर्णय गरेको हो ।
निर्णयअनुसार अक्टोबर १८ देखि २० तारिखसम्म तातोपानी नाकाबाट कार्गो ट्रकहरूलाई मात्र आवतजावत गर्न दिइनेछ ।
दसैँको समयमा उत्तरी नाकामा रोकिएका सामानहरू भित्र्याएर बजारमा आपूर्ति व्यवस्था सहज बनाउन यस निर्णयले ठूलो राहत पुर्याउने विश्वास लिइएको छ ।