काठमाडौं । दसैँका कारण आगामी कात्तिक १ देखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा उक्त अवधिमा फोहोर व्यवस्थापनको काम प्रभावित हुनेछ ।
दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापनमा असर पर्ने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर राख्न आग्रह गरेकी छन् ।
उनले फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थापन गर्न अनुरोध गरेकी छन् ।
कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।