काठमाडौँ । दशैं तथा तिहारका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ । यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
अग्रीम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। दशैँ नजिकिँदै गर्दा अग्रीम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यसले राहत दिएको छ ।