काठमाडाैँ । जनप्रशासन क्याम्पस सार्वजनिक संस्था हो वा क्याम्पस प्रमुख हरिभक्त शाहीको निजी निवास हो ठम्याउन कठिन पर्छ । क्याम्पसमा प्रवेश गरे देखि स्ववियू सभापति हुदै क्याम्पस प्रमुख बनेका शाही विगत ५ वर्ष देखि निमित्त प्रमुख नै छन, न कसैले हटाउन प्रयास गर्छ न कसैले क्याम्पस प्रमुख नियुक्तिको प्रक्रियालाई अगाडि बढाउछ । प्रक्रिया अगाडी बढाउनेलाई बढारिन्छ।
लामो समयको सिथिलता र शाहीको धाक धम्की खेपेका सञ्चालक समितीका अध्यक्ष राजीव विक्रम राणाको राजीनामा पछि रिक्त क्याम्पस सञ्चालक समितिको प्रमुखमा उपकुलपतिद्वारा नियुक्त नरेन्द्र राज पौडेलले पटक पटक सञ्चालक समितिको बैठक बोलाउन सचिव अर्थात क्याम्पस प्रमुख शाहीलाई निर्देशन दिदा पनि निर्देशन बमोजिम बैठक बोलाउनुको साटो क्याम्पसको पूर्व स्ववियु सभापति तथा नेविसङ्घ र क्रान्तिकारी लगायत स्वार्थ समूहलाई प्रयोग गरि उपकुलपतिको कार्यालयमा उपकुलपतिलाई आक्रमण गर्न पठाउने र उपकुलपतिलाई धम्काउने गरेको उपकुलपति कार्यालयको एकजना कर्मचारीले जानकारी दिए ।
विगत ५ वर्ष देखि निरन्तर निमित्त क्याम्पस प्रमुखको भुमिकामा रहेका क्याम्पस प्रमुख हरिभक्त शाहीले पूर्व सभापति पंकज सुवेदी लगायत केहि विद्यार्थीलाई स्टार फुटल्याण्ड लगायत विभिन्न रेष्टुरेण्टमा मदिरा सेवन गराउने र क्याम्पसमा प्रक्रिया नपुगाई गरेका ठेक्कापट्टा, कोटेसनबाट केहि रकम लिइ उनिहरुलाई खर्च गर्ने र कृत्य कागजात मिलाउने, आँखा चिम्लेर बिल पास गरिदिने अनि अनियमितताको आवाज बुलन्द गर्न बन्द गर्ने गरेको कुरा जनप्रशासन क्याम्पस र प्रमुखका विरुद्धमा पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका दर्जनौं उजुरीहरुले समेत प्रस्ट्याउँछ ।
एमपिए २ वर्षे कोर्स हो । २०७०/२०७१ सालमा
क्याम्पसमा भर्ना भएको विद्यार्थीले २ वर्षमा मास्टर्स सकेर २०७३/२०७४ तिर क्याम्पसबाट विदा हुनुपर्ने हो । तर पूर्व सभापति सुवेदी आज २०८१/०८२ सम्म पनि क्याम्पस कुर्न र क्याम्पस प्रमुखको इसारामा नाच्न क्याम्पसमै किन ढुकिरहन्छन? आम विद्यार्थीले प्रश्न तेर्स्याईरहेका छन ।
विगतमा पनि स्ववियु सभापति सुवेदीले क्याम्पसको माटो बेचेर रकम हिनामिना गरेको, भवन निर्माण गर्दा कमिसन लिने गरेको, कार्यक्रम नै नगरी कृत्य बिलहरु बनाएर स्ववियुको रकम अपचलन गरेको, कार्यकाल सकिसक्दा पनि पछिल्लो आर्थिक वर्ष समेतको स्ववियु कोषको रकम दुरुपयोग गरेको, स्ववियु कोषको रकम के कति कुनकुन शीर्षकमा खर्च भयो? के के कार्यक्रम भए सार्वजनिक गर्न भनेर विद्यार्थीले दबाब दिदा पनि सार्वजनिक नगरेको लगायत विवादित विषय जीवित नै रहेको जनप्रशासनमा अध्ययनरत विद्यार्थी बताउछन ।
थप अहिले पूर्व सभापति कै अगुवाइमा उपकुलपतिलाई आक्रमण प्रयास गर्दै धम्काएर जनप्रशासन क्याम्पसको क्याम्पस प्रमुख नियुक्ति प्रक्रियालाई रोक्न लगाएको उपकुलपति कार्यालयका कर्मचारीले जानकारी दिए। एउटा कर्मचारी भन्छन क्याम्पस प्रमुख शाही चरम विवादित र अख्तियारको घेरामा रहेका व्यक्ति हुन, अझै किन, कसरी निमित्तमा छन, भिसिले किन एक्सन लिन र अर्कोलाई निमित्त समेत दिन सकिरहेका छैनन अच्चमित छु । कहि ५,६ वर्ष सम्म निमित्त प्रमुख हुन्छ ?
यो प्रकाशित समाचारको खण्डन
पूर्व स्ववियु सभापति तत्कालीन सिनेटर पनि भएको र विश्वविद्यालय सँगसँगै जनप्रसासन क्याम्पसको वस्तुस्थिति राम्रोसंग बुझेको कारण उपकुलपति , रजिस्ट्रार र शिक्षाध्यक्ष स्यंमले छलफलमा बोलाएको जिकिर गर्छन । जनप्रशासन क्याम्पसको सञ्चालक समिति को अध्यक्ष त्रिविको नियमविपरित नियुक्ति भएको कारण अहिले नियुक्त संचालक समितिको अध्यक्षलाई कार्यकारि बैठक ले नै कामकाज अगाडि नबढाउन अनुरोध गरेको थियो, विश्वविद्यालयको स्वायत्त संवन्धि ऐनमा क्याम्पसको सेवा निवृत्त प्रध्यापक अथवा सो नभएमा कार्यरत सह प्रध्यापक संचालक समितिको अध्यक्ष हुन सक्ने भन्ने स्पष्ट धारा छ तर कार्यकारीले नियुक्त गरेका सह–प्रध्यापक नरेन्द्र पौडेल क्याम्पसमा कार्यरत प्रध्यापक हैनन् । उहाँले रमाना लिएर क्याम्पसबाट गइसकेको अवस्थामा रातो किताब विपरीत भएको नियुक्तिको खण्डन मात्र भएको बताउछन ।
र आफू सभापति हुँदा क्याम्पसको भवन निर्माणमा १ वर्ष पहल गरेर बजेट पारेको र भवन निर्माणमा क्याम्पस लाई सहयोग गरेको बताए । क्याम्पस मा निर्वाचित स्ववियु सभापतिको कर्तव्य अनुसार भवन निर्माणमा सहयोग गरेको र विद्यार्थी हरुको मागअनुसार फुटवल र क्रिकेट खेल मैदान त्रिविका आधिकारिक ईन्जिनियर हरु बाट कोटेसन बनाउन अनुरोध गरि खेल मैदान उनैका पालामा बनेको थियो । यी सब विद्यार्थी का पक्षमा गरेका कार्यहरु राजनितीक प्रतिसोध साधि विभिन्न किसिमको आरोप तत्कालीन अनेरास्ववियु ले लगाई मुद्दा समेत हालेको थियो । त्यो भवन निर्माण र खेल मैदान निर्माण विद्यार्थी को लागि गरेको र त्यो निर्माण गर्दा कुनै आर्थिक अनियमितता गरेको प्रमाण दिए जुनसुकै कानुनी कारवाहि भोग्न तयार रहेको बताए ।
विद्यार्थी को पक्षमा काम गर्दा उल्टै लान्छना लगाएर अर्को विद्यार्थी संगठन ले प्रतिसोध साधेको जिकिर छ । जनप्रसासनको लेखा बाट २०७६ मा आफ्नो कार्यकाल सकिएपछि १ रुपैया पनि नलिएको र आफ्नो कार्यकालमा भएका सम्पुर्ण आर्थिक कारोर आफ्नै पहलमा २०७९ को स्ववियुलाई प्रदान गर्न लगाएको बताउछन ।
अर्का एक विद्यार्थीका अनुसार एकजना उप प्रध्यापक ले अनेरास्ववियु का नेताको भाडा तिरिदिने र खाजा खर्च व्यवस्था गरिदिने कारण क्याम्पस प्रमुख र पुर्व सभापति को विपक्षमा सधैं अनेरास्ववियु खरो देखिने गरेको समेत बताए ।
क्याम्पस मा राजनीति को खोलमा रिपोर्ट बेच्ने, विभिन्न सरकारि कर्मचारि हरु संग प्रोजेक्ट माग्ने मुकुन्डोधारि हरुले विद्यार्थी हकहितको पक्षमा भएका कामको सधैं फरक र कपोकल्पित संदेश प्रवाह गर्ने गरेको समेत पाईएको छ ।
*यो समाचारमाथि गरिएको खण्डन प्राप्त भइपछि जस्ताको त्यस्तै प्रकाशन गरेका छौँ । –स.