सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौताअनुसार यातायात व्यवस्था विभागले प्रयोग गर्दै आएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा अब सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पुग्नेछ। डाटा प्राप्त भएपछि सुरक्षण मुद्रण केन्द्रले नै लाइसेन्स छपाइको सम्पूर्ण काम गर्ने व्यवस्था मिलाइएको छ।
यसैगरी, प्रणालीबाट जारी भएका लाइसेन्सहरूलाई सम्बन्धित प्रदेश कार्यालयमार्फत वितरण गर्ने वा सेवाग्राहीले चाहेको ठेगानामै सुरक्षित रूपमा पुर्याउने कार्यलाई व्यवस्थित बनाउन यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।