काठमाडौँ । काठमाडौँको कुलेश्वरमा 'राजधानी मोटर्स' तथा 'बागमती अटो केयर प्रालि'ले आफ्नो सेवा औपचारिक रूपमा सुरुवात गरिएको छ ।
सवारी साधनको सरसफाइ, संरक्षण तथा मर्मतसम्भारका लागि आवश्यक सम्पूर्ण अत्याधुनिक सेवाहरू एकै थलोबाट उपलब्ध गराउने उद्देश्यका साथ यो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
यहाँ सवारी साधनका लागि विभिन्न किसिमका प्याकेज सेवाहरू उपलब्ध गराइएको छ । प्याकेज सर्भिसेज १,५०० रूपैयाँमैमा प्रिमियम फोम वाश, इन्टेरियर ड्यासबोर्ड क्लिनिङ, टायर तथा रिम क्लिनिङ र टायर ड्रेसिङका सेवा उपलब्ध छन् । साथै प्रिमियम केयर अन्तरगत ३,५०० रूपैयाँ डिप फोम वाश, इन्टेरियर भ्याकुम, डिप क्लिन, ड्यासबोर्ड तथा प्लास्टिक ट्रिटमेन्ट, टायर-रिम डिटेलिङ र एक्सटेरियर वाक्सका सेवा छन् ।
रोयल डिटेलिङ ७,००० हजारमा कम्प्लिट इन्टेरियर डिप क्लिनिङ, एक्सटेरियर डिटेलिङ, मेसिन पालिस, पेन्ट प्रोटेक्सन वाक्स/सिलान्ट, टायर-रिम डिटेलिङ र विन्डसिल्ड ट्रिटमेन्टको सेवा उपलब्ध गराउने कम्पनले जनाएको छ ।
यसका साथै interior/exterior care, PPF (Paint Protection Film), wrapping, ceramic coating, diamond coating जस्ता अत्याधुनिक प्रविधिमार्फत सवारी साधनको सुरक्षा र सुन्दरता अभिवृद्धि गर्ने सेवाहरू समेत उपलब्ध छन्।