श्यामकृष्ण लम्साल
ती सारङ्गीदाइ
हामीभन्दा जागा छन्,
गाउँबस्ती, पाखापखेरा
भञ्ज्याङ्ग, देउराली, खोला, खहरेहरु
तिनका बारेमा अनविज्ञ छैनन्,
भोको पेट कराएजसरी
रङ्रङ् बज्छ तिनको सारङ्गी
अन्तरात्मा भकान्निएर निस्केको आवाजजस्तै
धुन ओकल्ने मुहान् बन्छ
तिनको सारङ्गी बज्दा,
तिनको सारङ्गीको आवाज
र जिन्दगीको आवाज
उस्तै–उस्तै लाग्ने गर्छ
सुन्न जानियो भने ।
दिङ्ला, भोजपुर