काभ्रेपलाञ्चोकस्थित प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरूका लागि आयोजित "महिनावारी स्वच्छता तथा महिला स्वास्थ्य" (Menstrual Hygiene & Women Health) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । २०८३ भदौ २१ गते जिल्ला प्रहरी कार्यालयको समीक्षालयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) रबिन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलिखेल अस्पतालका स्त्री तथा महिला रोग विशेषज्ञ डा. अन्जना डंगोल र डा. अविशेख श्रेष्ठको टोलीले सहजीकरण गरेको थियो ।
समारोहमा विशेषज्ञ चिकित्सकद्वयले महिला प्रहरीहरूलाई महिनावारी स्वच्छता, प्रजनन् स्वास्थ्य सुरक्षा र दैनिक कार्यक्षेत्रमा ध्यान दिनुपर्ने स्वास्थ्य सतर्कताबारे आवश्यक परामर्श तथा परामर्श सेवा प्रदान गरेका थिए ।