– श्यामकृष्ण लम्साल
वर्तमानमा
शब्दहरु शब्दावलीमा छन्,
लोकतन्त्र, गणतन्त्र आदि ईत्यादि
शब्दावलीमा कैद छन्,
प्रजातन्त्रमा हुनुपर्ने चिज
वर्तमानका तन्त्रमा छैनन् ।
राजनीति
मान्छे अल्मल्याउने
दास जन्माउने
लासको व्यापार गरेर
नाफा खाने अस्त्र भएको छ,
जोसँग जे छ
त्यही अस्त्र प्रयोग गरेर
जीविका चलाउने अस्त्र
बनाइएको छ ।
आदर्श, सिद्धान्त, नैतिकता प्राप्ति
तिलाञ्जली दिने वर्ग
हावी भएको छ
त्यसैले भन्नुपर्ने भएको छ
अहिले यहाँ प्रजातन्त्रानुकुल
वातावरण जरुरी छ ।
दिङ्ला, भोजपुर