काठमाडौँ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटीको आयोजनामा २०८३ वैशाख २० गते भोटेकोशीमा आएको भिषण बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरूको सम्झनामा आयोजित शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। .jpeg)
अनेरास्ववियु अस्कल क्याम्पस कमिटिले रसुवा, टिमुरे , सेप्रुबेसी, बेत्रावती, बिदुर नुवाकोट लगायतका प्रभावित क्षेत्रमा अध्यक्ष अध्यक्ष दिनेश सिग्देलको नेतृत्वमा गई प्रभावित पीडितहरूलाई भेटी दुई पटक रात वितरण गरिसकेको छ।
फेरि केही दिनमा थप सामग्रीहरू सङ्कलन भइसकेको र तेस्रो चरणको राहत लिएर जाने तयारीमा छ। 