नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले इतिहास रचेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन् ।
ढाँटले मर्डकलाई स्प्लिट डिसिजनमा पराजित गरेका हुन् । ढाँटले २९–२८ को स्कोरमा जित हात पारे । रवीन्द्र कासिबबीचको सेमिफाइनल निकै प्रतिस्पर्धात्मक र कठिन रह्यो। दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पक्षमा क्षणहरू सिर्जना गरेका थिए। दुवैले १५ मिनेटसम्म कडा प्रतिस्पर्धा गरेका थिए ।
रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन् ।