खाना पकाउने (एलपी) ग्यासको सहज उपलब्धता नभई मारमा परेका उपभोक्तालाई लक्षित गरी भोलि मिति २०८३ साउन ३१ गते आइतबार काठमाडौँका विभिन्न तोकिएका ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री-वितरण गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र नेपाल आयल निगम लिमिटेडको समन्वयमा ग्यास उद्योगीहरू मार्फत तोकिएका ब्रान्डका सिलिन्डर बिक्री वितरण गर्न लागिएको निगमले जनाएको छ।
