क्यापिटल क्विन नेपाल २०२६ को उपाधि अनिशा खड्काले जितेकी छन् । हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको प्रतियोगितामा अनिशाले दशौं संस्करणको उपाधि जितेकी हुन्। त्यस्तै, अनिता थापा अर्याल फर्स्ट रनरअप र अस्मिता तिमल्सिना सेकेन्ड रनरअप भएका छन् ।
विवाहित तथा अविवाहित र विविध पेशामा आबद्ध नारीको सहभागिता रहेको प्रतियोगिताका सहभागीलाई करिब तीन सातासम्म विशेष प्रशिक्षण दिइएको थियो । वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षण तथा कोरियोग्राफीमा सहभागीलाई व्यक्तित्व विकास, बोलीचाली अभ्यास, क्याटवाक, फोटोसुट र भिडिओ सुटका साथै आकर्षक ओपनिङ थिम नृत्यसमेत सिकाइएको थियो।
प्रतियोगितामा विभिन्न विधाका उप–विजेताहरूको पनि घोषणा गरिएको थियो। जसअन्तर्गत मिमिता थापाले मोस्ट स्मार्ट, अस्मिता तिमल्सिनाले मोस्ट एक्टिभ, अनिशा खड्काले मोस्ट डाइनामिक र अनिता थापा अर्यालले मोस्ट कन्फिडेन्टको शीर्षक उपाधि हात पारेका छन्।
त्यस्तै, नविनाकुमारी ओलीले बेस्ट फोटोजेनिक र मोस्ट पपुलर, प्रेमीशा गजमेरले बेस्ट ट्यालेन्ट, पवित्र गोलेले बेस्ट पर्सनालिटी र अन्जना श्रेष्ठले मोस्ट चार्मिङको उपाधि जितेका छन्। प्रतियोगितामा सबिता तोलानी मोस्ट डेडिकेटेड र प्रविना कुमाल मोस्ट डेलिजेन्ट र बेस्ट मल्टिमिडिया घोषित भए।
कार्यक्रमको निर्णायक मण्डलमा मिसेस ग्लोबल नेपाल २०२६ सब्या महर्जन, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा, क्यापिटल क्विन नेपाल २०२३ लक्ष्मी भुसाल, मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का र अभिनेत्री गीता अधिकारी रहेका थिए।