काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ११:२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काडमाडौका प्रमुख एसएसपी दिलिप घिमिरेले बताए ।
पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको एसएसपी घिमिरेले बताए । मृतकको पहिचान खुलेको छैन । मृतक व्यक्ति चालकको सिटमा रहेको उनले बताए ।