काठमाडौँ । वैदेशिक रोजगार विभागमा अब अनलाइनबाटै उजुरी दर्ता गर्न मिल्ने भएको छ । विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली सञ्चालनमा आएसँगै अब अनलाइनबाट उजुरी दर्ता मिल्ने भएको हो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । प्रणाली उद्घाटनपछि मन्त्री यादवले भने, ‘अब सबै काम अनलाइन हुन्छ । अनलाइनबाट नै उजुरी दर्ता हुन्छ, गुनासोको तत्काल समाधान हुन्छ । फाइल बोकेर हिँड्नु पर्दैन ।’
मन्त्री यादवले विभागको निरीक्षण तथा अनुगमन पनि गरेका थिए । उनले विभागबाट हुने काम कारवाहीबारे चासो राख्दै सो बारे जानकारी लिएका हुन् ।