गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध गरेको आक्रोशमा सांसदहरूलाई जवाफ दिएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै मन्त्री गुरुङले ट्राफिकले ह्वील लक नगरि नगर प्रहरीले लगाएको बताउँदै स्थानीय सरकार कसको हो र ह्वील लक कसले गरेको भन्दै प्रश्न गरे ।
‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो, अनि एउटा स्थानीय सरकार भयो’, उनले भने, ‘जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्वील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ? ह्वील लक लगाएको छ ? नगर प्रहरीले लगाएको छ ।’
उनले विपक्षी राजनीतिक दललाई भने दुई तहको सरकार उनीहरूसँग नै भएको भन्दै अहिलेको नियम कानुन आफूहरूले बनाएको हो भनेर प्रश्न गरे । साथै, उनले विपक्षीहरूले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरेको पनि बताए ।