कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले शुक्लफाँटा राष्ट्रिय निकुन्ज विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी छन् । मन्त्री चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिसहरुको अध्ययन गर्न चार सदस्य समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी हुन् । सो समितिले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय एवम तरिका सिफारिस गर्नु पर्नेछ । त्यसैगरी, विगतका आयोगहरुको सिफारिस अध्ययन गर्नुका साथै आयोग बनाउनु पर्ने भए सो आयोगको टीओआर सहित तयार गरी पेस गर्नु पर्नेछ ।