फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । मियामीस्थित हार्ड रक स्टेडियममा भएको यो खेलमा अन्तिम समयसम्म दुवै टिमले आकर्षक अवसर पाए पनि गोल हुन सकेन । पुरै समय अवधिभर कोलम्बियाले दबाबमा राखेको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोलेसमेत गोल गर्न सकेनन् । अधिकांश समय खेलमा कोलम्बियाले दबदबा देखाएको थियो । खेलको ९० मिनेटमा कोलम्बियाले गोल गर्ने महत्त्वपूर्ण अवसर गुमायो ।
खेल बराबरीमा सकिएसँगै कोलम्बिया समूह विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । यो बराबरीपछि ३ खेलबाट ७ अङ्क जोड्दै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा रहन सफल भयो । समान खेलबाट ५ अङ्क जोडेको पोर्चुगलले दोस्रो स्थानमा रहँदै अन्तिम ३२ को यात्रा तय गर्यो । समूह विजेता बनेको कोलम्बियाले अब नकआउट चरणमा घानाको सामना गर्नेछ भने उपविजेता बनेको पोर्चुगलले क्रोएसियाको चुनौती सामना गर्नुपर्नेछ ।