भक्तपुुर । काठमाडौँ उपत्यकाको मध्यपुुर थिमी नगरपालिकामा अहिले भौतिक पूर्वाधार विकास, सुशासन, प्रविधिमैत्री सेवा प्रवाह हुँदै आएको छ । नगरपालिका अहिले केवल एउटा स्थानीय तह मात्र होइन, परिवर्तन, सम्भावना र समृद्धिको एउटा जीवित उदाहरण बनेको छ । केही वर्ष अघिसम्म सामान्य सहरी विस्तारको क्रममा रहेको यो नगर आज विकास, सुशासन र सामाजिक समावेशीकरणको सन्तुलित अभ्यासमार्फत नयाँ पहिचान बनाउँदै अघि बढिरहेको छ । थिमीमा पहिला साँघुरा गल्ली, पुराना बस्ती र सांस्कृतिक सम्पदाबीच अहिले आधुनिक पूर्वाधार, डिजिटल सेवा र योजनाबद्ध विकासका नयाँ संकेतहरू देखिन्छन् । नगरपालिकाले स्वच्छता, पारदर्शिता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै अघि सारेका योजनाहरूले यहाँका नागरिकको दैनिक जीवनमै परिवर्तन ल्याउन थालेको छ । नेवार समुदायको सांस्कृतिक प्रभावले समृद्ध मध्यपुुर थिमीमा नेपाली, नेवारी समुुदायको बाहुुल्यता छ । नयाँ वस्तीमा भने बाह्रमण, क्षेत्री, तामाङ, शेर्पा र मगर लगायतका विभिन्न भाषाभाषिका सामाजिक सद्भावको सुन्दर चित्र देख्न सकिन्छ । यही विविधता मध्यपुुर थिमीको पहिचान मात्र होइन, यसको शक्ति पनि हो । 
विकासको स्पष्ट मार्गचित्र
मध्यपुुर थिमी नगरपालिकाले आफ्नो समग्र विकास यात्रालाई योजनाबद्ध, पारदर्शी र सहभागितामूलक बनाउँदै अघि बढाइरहेको छ । यसका लागि नगरपालिकाले नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायतका विद्यमान कानुनी आधारहरूलाई मार्गदर्शक मानेर नीति, योजना तथा कार्यक्रमहरूको निर्माण र कार्यान्वयन गर्दै आएको छ । कानुनी संरचनाभित्र रहेर दीर्घकालीन सोच र तत्कालीन आवश्यकतालाई सन्तुलनमा राख्दै नगरको विकासलाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रयास गरिएको छ । नगरपालिकाले समग्र विकासका प्राथमिक क्षेत्रहरूलाई स्पष्ट रूपमा पहिचान गर्दै आर्थिक विकास, सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, वातावरण संरक्षण तथा सुशासनलाई विकासका प्रमुख आधार स्तम्भका रूपमा अघि सारेको छ। यी क्षेत्रहरूलाई एक आपसमा अन्तरसम्बन्धित ढंगले अघि बढाउँदै नगरपालिकाले दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा काम गरिरहेको छ ।
नगरपालिकाको योजना निर्माण प्रक्रिया पनि उल्लेखनीय रूपमा सहभागितामूलक बनाइएको छ । स्थानीय बासिन्दा, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न विषयगत समितिहरूको सुझाव, सल्लाह र सरोकारलाई समेटेर योजना तर्जुमा गरिने अभ्यासले विकासलाई केवल प्रशासनिक निर्णयमा सीमित नराखी समावेशी र जनमुखी प्रक्रिया बनाएको छ । यसले स्थानीय आवश्यकताहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सहयोग पु¥याउनुका साथै नागरिकको अपनत्व पनि बढाएको छ ।शिक्षा र स्वास्थ्य क्षेत्रमा थिमी नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको देखिन्छ । वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत नागरिकलाई आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ । यी शैक्षिक तथा स्वास्थ्य संस्थाहरूले नगरको मानव विकास सूचकांक सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।यसका अतिरिक्त, नगरमा रहेका सहकारी संस्थाहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पु¥याइरहेका छन् । सहकारीमार्फत बचत, ऋण तथा उद्यमशीलता प्रवद्र्धनका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्, जसले समुदाय स्तरमै आर्थिक सशक्तीकरणलाई टेवा दिएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार, नगरपालिकाको पूर्वाधार र संस्थागत संरचनाहरूले थिमीको सामाजिक तथा आर्थिक संरचनालाई अझ सुदृढ बनाउँदै समग्र विकासको आधार तयार पारेका छन् । योजनाबद्ध प्रयास, समन्वय र नागरिक सहभागितामार्फत थिमी नगरपालिका समृद्ध र सन्तुलित विकासको मार्गमा अघि बढिरहेको उहाँले स्पष्ट पार्नुुभयो । 
समष्टिगत लक्ष्यः समृद्धि र सुशासनतर्फ
मध्यपुुर थिमी नगरपालिकाले आफ्नो समग्र विकास दृष्टिकोणलाई स्पष्ट लक्ष्यका साथ अघि बढाइरहेको छ । नगरप्रमुख अनुसार नगरपालिकाको मुख्य उद्देश्य भाषा, कला र संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन, सहरी कृषि खेती तथा उद्यमशीलता विकासमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु हो । परम्परागत सम्पदाको संरक्षण गर्दै आधुनिक आर्थिक गतिविधिलाई सँगसँगै अघि बढाउने रणनीतिमार्फत थिमीलाई आत्मनिर्भर र समृद्ध नगरका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।नगरपालिकाले सहरी पूर्वाधारको स्तरोन्नति, गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार, सुलभ तथा पहुँचयोग्य स्वास्थ्य सेवा र सामाजिक समावेशीकरणलाई विकासका केन्द्रीय आधारका रूपमा राखेर काम गरिरहेको छ । यी क्षेत्रमा गरिएका लगानी र कार्यक्रमहरूले स्थानीय नागरिकको जीवनस्तर सुधार गर्न तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुगेको नगरप्रमुखको भनाइ छ ।स्थानीय नागरिकलाई रोजगारी तथा व्यवसायमा आबद्ध गराउन पहल गरेको छ । लघु उद्यमसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दा सकारात्मक परिणाम प्राप्त भएको छ । ‘एक वडा–एक उद्यम’ अवधारणाअनुसार नगरपालिकाले विधिसम्मत प्रक्रियाबाट आउने महिला तथा युवालाई उद्यम सञ्चालनका लागि अनुदान उपलब्ध गराउँदै आएको छ । स्थानीयलाई स्वरोजगारतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उद्यममार्फत आयआर्जन गर्न प्रेरित गरिएको बताए । “स्थानीयले रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्न सकुन् भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुुभयो ।
स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउँदै नगरपालिका
स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्नु, सबै वर्ग र समुदायलाई सामाजिक सेवा तथा सुविधामा समान पहुँच सुनिश्चित गर्नु, शिक्षित र स्वस्थ समाज निर्माण गर्नु तथा आधारभूत पूर्वाधारहरूको विस्तारमार्फत नागरिक जीवनलाई सहज र व्यवस्थित बनाउनु नगरपालिकाका प्रमुख प्राथमिकताहरू रहेका छन् र यी प्राथमिकताहरूलाई व्यवहारमा उतार्दै नगरपालिकाले दीर्घकालीन विकासको आधार तयार पारिरहेको छ । विकासको सन्तुलन कायम गर्न थिमी नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक सम्पदाको दिगो उपयोगलाई पनि उत्तिकै महत्त्व दिएको छ । वातावरणीय सन्तुलन कायम गर्दै विकास र संरक्षणबीच सन्तुलन मिलाउने प्रयास नगरको दीर्घदृष्टिको अभिन्न हिस्सा बनेको छ । साथै, संस्थागत क्षमता अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सुशासनयुक्त बनाउने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको छ ।
उहाँका अनुसार नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग निरन्तर समन्वय गर्दै स्थानीय हितमा हुने कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्दै आएको छ । संघीय र प्रदेश सरकारसँगको सहकार्यमार्फत आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गर्दै विकासका परियोजनाहरूलाई निरन्तरता दिइएको उहाँले बतानुुभयो । स्थानीयवासीले विश्वासका साथ आफूलाई नगर प्रमुखका रूपमा चयन गर्नुविकासप्रतिको साझा अपेक्षाको प्रतिबिम्ब हो । सोही विश्वासलाई आत्मसात् गर्दै नगरको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 
पूर्वाधार, आर्थिक र सामाजिक विकासको समन्वित प्रयास
मध्यपुुर थिमी नगरपालिकाले विकासलाई बहु आयामिक दृष्टिकोणबाट अघि बढाउँदै पूर्वाधार, आर्थिक तथा सामाजिक क्षेत्रलाई समान रूपमा सुदृढ बनाउने प्रयास गरिरहेको छ । मौलिक संस्कृति झल्किने गरी कलात्मक शैलीमा भवन निर्माणलाई प्रोत्साहन गर्दै आएको छ । सहरी विकाससँगै वातावरणीय सन्तुलनलाई समेत ध्यानमा राख्ने नगरको दृष्टिकोण प्रस्ट पार्छ । विकास कार्यमा सबै सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्दै नगरपालिकाले आयोजना कार्यान्वयनलाई निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्ने अभ्यासलाई निरन्तरता दिएको छ । नगर क्षेत्रभित्रका नदी, खोला तथा खोल्साहरूको संरक्षण, करिडोर विस्तार तथा सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ । निर्माण भएका आयोजनाहरूको गुणस्तर, लागत र समयका आधारमा नतिजामूलक अनुगमन प्रणाली लागू गरिएको छ । यस्तै सडक सुरक्षा चिन्ह र पूर्वाधार विस्तारका कार्यहरू निरन्तर सञ्चालनमा छन् । निर्माण भएका पूर्वाधारहरूको दिगो उपयोग सुनिश्चित गर्न नियमित मर्मत सम्भारमा पनि विशेष ध्यान दिइएको नगरपालिकाका नगर प्रमुख श्रेष्ठले जानकारी दिनुुभयो ।
सामुदायिक चौपाया व्यवस्थापनका लागि बन्ध्याकरण, घाइते तथा बिरामी पशुको उपचार र मृत पशुको उचित व्यवस्थापनजस्ता कार्यक्रम पनि सञ्चालनमा छन् । नगरपालिकाले महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने लक्ष्य लिएको छ । साथै सहकारी संस्थाहरूको प्रभावकारी नियमनमार्फत स्थानीय आर्थिक प्रणालीलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको नगरपालिकाले जनाएको छ । कृषकलाई प्राविधिक सेवा, अनुदानमा रासायनिक मल वितरण, सहकारीहरूको नवीकरण तथा सिफारिस, औषधि खरिद तथा वितरण, रेविज तथा खोरेत रोग नियन्त्रण अभियान, तथा जै घाँसको बिउ वितरणजस्ता कार्यक्रम सञ्चालनमा छन् । यी पहलहरूले कृषकहरूको उत्पादन र आयमा प्रत्यक्ष सहयोग पुयाएको छ ।
सामाजिक विकास
नगरपालिकाले सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षकको व्यवस्था, डिजिटल सिकाइ सामग्रीको विकास तथा प्रवाह, स्थानीय तथा मातृभाषाको पाठ्यक्रम लागू गर्ने योजना, तथा नगर स्तरीय खेलकुद मैदान निर्माण जस्ता कार्यहरू सम्पन्न भएका भएको बताएको छ । विद्यार्थीको प्रतिभा उजागर गर्न प्रोफाइल तयार गर्ने र प्रतिभा प्रदर्शन कार्यक्रम आयोजना गर्ने अभ्यासले शिक्षालाई व्यवहारिक बनाएको नगरपालिकाले जनाएको छ । बालमैत्री तथा युवामैत्री स्थानीय शासनका पूर्वाधारहरू पूरा गर्दै बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यका साथ वडा तहसम्म सूचकहरू क्रमशः पूरा गरिँदै छन् । ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र, दिवा सेवा केन्द्र, नियमित स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, सुरक्षित मातृत्वका लागि गर्भवती तथा सुत्केरी घरभेट कार्यक्रम, पिएनसी जाँच, एनोमली स्क्यान र न्यानो झोला वितरणजस्ता सेवाहरू पनि पालिकाले यहाँका नागरिकलाई उपलब्ध गराइरहेको छ । 
सामाजिक क्षेत्रमा नगरपालिकाले थालेका कार्यक्रम प्रारम्भिक चरणमै सकारात्मक प्रभाव देखिएको छन् । आगामी दिनमा बजेट वृद्धि गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने योजना रहेका छन् । ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि नगरपालिकाले विशेष ध्यान दिएको छ ।मठ–मन्दिर, बहाल, पोखरी तथा अन्य सम्पदाको नियमित मर्मत सम्भार र पुनर्निर्माणका साथै अमूर्त सम्पदाहरूको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसारलाई निरन्तरता दिइएको छ ।