प्युठानको स्वर्गद्वारी नगरपालिका २ बाङ्गेसल्लास्थित सडकमा सवारी दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर ५० वर्षीय मिनराज राना मगरको निधन भएको छ । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका उपमेयर राना मगरले चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा उनको घटनास्थलमै निधन भएको छ।