भक्तपुुर । मध्यपुर थिमि नगरपालिकाको आधिकारिक भाइबर समूह सार्वजनिक गरेको छ । नगरपालिका सूूचना, जानकारी प्रदान गर्नका लागि नगरपालिकाले आधिकारीक भाइबार समूह तयार गरेको मध्यपुुर थिमी नगरपालिकाले जनाएको छ ।
अब उक्त भाइबर समूहमा नगरपालिकासँग सम्बन्धित हरेक सूचना, कार्यक्रम, सेवा तथा महत्वपूर्ण जानकारी समयमै प्राप्त नगरपालिकाले स्पष्ट पारेको छ । उक्त भाइबार समूहमा उल्लेखित क्यूूआर कोर्डमा स्केन गरी आवश्यक सूचना र जानकारी प्राप्त गर्न सकिनेछ ।
नगरपालिकालाई सूूचना र प्रविधिलाई अधित्तम प्रयोग गर्ने उद्देश्यले नगरपालिकाले भाइबर समूूह ल्याएको हो ।
नगरपालिकाले हाम्रो कला हाम्रो सँस्कृतिक मध्यपुुर थिमी हाम्रो सम्पत्ति भन्ने नारा यस अगाडिदेखि नै तयर गरी सोही अनुसार कार्यान्वयन गर्दै आएको छ ।