काठमाडाैं । बलिउड सुपरस्टार आलिया भट्ट र रणवीर सिंहको नयाँ फिल्म रकी और रानी की प्रेम कहानीको फर्स्ट लूक बिहीवार सार्वजनिक गरिएको छ ।
निर्देशक करण जोहरले आफ्नो जन्मदिनको अवसरमा फर्स्ट लूक सार्वजनिक गरेका हुन् ।
लामो समयपछि निर्देशनमा फर्केका करणले आफ्नो ५१औं जन्मदिनमा लभ स्टोरीमा आधारित फिल्मको फर्स्ट लूक सार्वजनिक गरेका हुन् ।
आलिया साडीमा अनि रणवीर पश्चिमी लूकमा देखिएका छन् । उनीहरूको पहिरन हेर्दा आलिया देशी गर्ल अनि रणवीर ब्याड बोयको चरित्रमा देखिने संकेत पाइन्छ ।
फिल्ममा धर्मेन्द्र, जया बच्चन र शबाना आजमी पनि प्रमुख भूमिकामा छन् । फिल्म जुलाई २८ मा सार्वजनिक गरिनेछ ।