भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नंं ८ मा बोडेको सहकार्यमा राष्ट्रिय अभौतिक सम्पदा सूचिकरण सम्बन्धि सरोकारवाला निकाय र समुदायिलाई अभिमुखकीकरण भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको आयोजनामा राष्ट्रिय अभौतिक सम्पदा सूचिकरण सम्बन्धि सरोकारवाला निकाय र समुदायिलाई अभिमुखकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बोडेको पहलमा नगरपािलकामै पहिलो पटक बोडेको नीलबाराही गणनाच, जिब्रो छेड्ने जात्रा लगायतका ऐतिहासिक जात्रा राष्ट्रिय अभौतिक सम्पदामा सूचिकरण हुन सफल भएको छ ।
यसले मध्यपुर थिमीमा मनाइदै आएको कला सँस्कृति र सम्पदाको जगर्ने हुनुका साथै आर्थिक अभावका कारण जात्रा सञ्चालनमा समस्या नहुने भएको हो ।